९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुका साहित्यिक स्रष्टाले मनाए लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती



मायादेवी अनलाइन, वाणगंगा ।
लक्ष्मी प्रसाद देवकोटाको १ सय १३ औं जन्म जयन्तीको अवसरमा कपिल प्रज्ञा पुस्तकालय कपिलधामले साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा बाल कवि जोशिका कडेंल, यस क्षेत्रका साहित्यिक स्रष्टाहरु दिलिप कार्की, राजमणी बस्याल, टंक प्रसाद आचार्य, शिवचन्द्र आचार्य, आत्माराम आचार्य, शंकर प्रसाद आचार्य, बिष्णु प्रसाद भण्डारी लगायतले देवकोटाले लेखेका कृतिको बारेमा चर्चा गर्दै आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक बिकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सूर्य प्रसाद भुसालले महाकवि देवकोटा १४ भाषाका ज्ञाता, ९ भाषामा कविता रचना गर्ने साहित्यका भण्डार रहेको भन्दै नेपाली भाषा, साहित्यमा उहाँको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

लुम्विनी वाङ्मय प्रतिष्ठानका सचिव ऋषि आजादले महाकवि देवकोटाले नेपाली भाषा, साहित्यको क्षेत्रमा नेपालमा पहिलो पटक क्रान्ति ल्याएको स्मरण गर्नुभयो । कार्यक्रममा १ दर्जन कविहरुको सहभागिता रहेकोे थियो ।

कपिल प्रज्ञा पुस्तकालय कपिलधामका अध्यक्ष इन्द्र बहादुर कोइरालाको अध्यक्षता, उपाध्यक्ष बिनिराम पौडेलको स्वागत र सचिव दुर्गा प्रसाद पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रकाशित मिति : १८ कार्तिक २०७८ बिहिबार ००:००  ७ : ५१ बजे