काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको चौथो बैठकले खनाललाई विदेश विभागको जिम्मेवारी दिएको हो ।
प्रमेश हमाललाई यस विभागको उपप्रमुखको जिम्मेवारी दिएको पार्टीले जनाएको छ । विभागमा बाँकी ९ जना सदस्य छन् ।
विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइ.पी संग्रौला, शंकर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र शंकबहादुर शाही विभागका सदस्यहरू छन् ।
त्यस्तै संगठन विभागको प्रमुखको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ भने उपप्रमुखमा प्रकाश ज्वाला छन् ।
यस विभागमा अशोक कोइराला, कृष्ण खनाल र बलदेव चौधरी सदस्य छन् ।
गंगालाल तुलाधरलाई शिक्षा विभाग र विपद् व्यवस्थापनको प्रमुखको जिम्मेवारी दिइएको छ । शिक्षामा लक्ष्मण केसी उपप्रमुख छन् ।
शिक्षामा कमला तुलाधर, चन्द्र ढकाल, उद्धव पोख्रेल, गुणाखर गैरे र सरोज खतिवडा सदस्य छन्। त्यस्तै, विपदमा सूर्यबहादुर थापा, आयाम पाण्डे, राजु थापा र विष्णु तिम्सिना सदस्य छन् ।
यता सहकारी विभागमा भने गोविन्द कोइराला प्रमुख र टेकप्रसाद चौलागाईं उपप्रमुख छन् ।
नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान सदस्य छन् ।
पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने समेत निर्णय बैठकले गरेको थियो ।
प्रतिक्रिया