मायादेवी अनलाइन, चारनम्बर ।
तिहार अर्थात् भाइटिकाको २ दिनअघि लक्ष्मी पूजाको दिन कपिलवस्तुमा पनि यात्रुहरुको भीँड देखिएको छ । जिल्लाको पूर्व क्षेत्रको केन्द्रविन्दु बाणगंगा नगरपालिकाको चारनम्बरको बस काउण्टरमा तिहार मनाउन जाने र आउनेको भीँड देखिएको हो । विहानैबाट यात्रुहरु गन्तव्यमा पुग्न र बिभिन्न ठाउँबाट तिहार मनाउन आवतजावत गर्नेको भीँड देखिएको छ ।
दशैंमा सुनसान देखिदै आएको चारनम्बर बजार क्षेत्र तिहारमा बढी चहलपहल देखिन्छ । सदरमुकाम तौलिहवा छिर्ने प्रमुख गन्तव्य स्थान भएकाले पनि चारनम्बरमा चाडवाडको बेला चहलपहल देखिने गरेको छ । गाउँघरका सर्वसाधारण पनि सरसामान किनमेलका लागि चारनम्बर बजार आउने गर्छन् ।
अध्ययन र जागीरको शिलशिलमा शहर पसेका गाउँ फर्किएका छन् । दशैँ तिहार मनाउन प्राय सर्वसाधारण घर आउने गर्छन ।
गएको बर्ष कोरोना भाइरसको महामारीले तिहार पर्व सुनसान थियो । देउसी भैलो कतै खेलेको देखिदैन्थ्यो भने सर्वसाधारणको आवतजावत पनि कम थियो । यो बर्ष पनि देउसी भैलोको रौनक गुन्जिन थालेको छ । यद्यपि कपिलवस्तु प्रशासनले देउसी भैलो खेल्ने समय छुट्याएको छ भने स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया