शिव सुवेदी, काठमाडौं ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । छातीमा निमोनिया संक्रमण भई एक हप्तादेखि वीर अस्पताल काठमाडौंमा उपचार पश्चात बुधवार साझँ मन्त्री झाँक्रि अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
डिस्चार्ज भएपछि उहाँले अस्पतालमा रहँदा आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, सुरक्षाकर्मी, मन्त्रालयका कर्मचारी लगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण आफन्तजन एवम् साथीभाईहरु प्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाह अनुसार अझै केही दिन भेटघाटलाई भने बन्द राखिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । निजी सचिवालयले समेत मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेको छ । उहाँ अहिले मन्त्रीको सरकारी निवास पुल्चोकमा रहनुभएको छ ।
प्रतिक्रिया