९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज लक्ष्मीपूजा र महाकवि देवकोटाको जन्मदिन मनाईंदै



काठमाण्डौँ ।

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंदैछ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरको चारैतिर सफा सुग्घर गरीआँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङ्लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।

जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँलक्ष्मीले सदा बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा सुरुभएको धार्मिक विश्वासका आधारमा आजको दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीकोपूजा दीपावली गरेर गर्ने परम्परा रहेको हो । लक्ष्मी पूजाको रातलाई सुखरात्री पनि भनिन्छ । आज हरियो गोवरले लिपि धनकी देवि लक्ष्मी विशेष पुजा गरिन्छ । लक्ष्मी पुजाका लागी मुहूर्त वृष लग्न अर्थात साँझ ०५ बजेर ५९ मिनेट पछि ०७ बजेर ५४ मिनेट सम्म शुभ रहेको छ ।

घरमा अन्न धेरै भित्रियोस् भनेर लक्ष्मीको पूजा गरिन्छ । घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिड्ने बाटो तयार गरिन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ ।

आजै साँझ लक्ष्मीपूजा गरेपछि केटाकेटी, युवति र महिलाहरु समूह-समूह बनाई घरघर गई हर्षोल्लासपूर्वक भैलो खेल्ने परम्परा छ । तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतर्फका लागि भन्दै आत्मिक रूपमा सुख सन्तोष प्राप्त गरौं भन्ने भावनाका साथ भैलो खेलेर रमाइलो गरिन्छ । यसरी भैलोमाग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा, नैवेद्य रसेलरोटी दान स्वरुप दिने चलन छ। त्यति पाएपछि भैलेनी समूहले आशिष दिई लक्ष्मीधन्यको कामना गर्दछन् । इतिहासविद्हरुका अनुसार ‘भलो होस्’ भन्दै घरघरमा गएर सन्देश दिनेचलनले पछि गएर भैलोको रुपमा निरन्तरता पाएको हो ।

तिहार झिलिमिली बत्तीको चाड पनि भएकोले विशेषगरी लक्ष्मीपूजाका दिन हरेक घरमा झिलिमिली बत्ति बालिन्छ । आजसाँझ रंगिविरंगी मैनवत्ती, बिजुलीबत्ती, प्याला बालेर घरघर झिलिमिली पारिने हुँदा यस अवसरलाई दिपावली पनि भनिन्छ । यसरी दिपावली गर्दा गाउँघरमा भने पानीको पँधेरो, गोठ, ढिकी, जाँतो, सङ्घार र घरकाचौकुना समेत बत्ति बाल्ने चलन रहेको छ ।

आज घरको आँगन, पिंढी, दलान, कोठामा गाईको गोबरले लिपेर शुद्ध पारी घरकाझ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री र लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । घरका टुँडाल, निदालमा पनि सयपत्री फूलका माला उनेर लगाईन्छ । घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा यसरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भएमा वर्षभरि आर्थिक संकट नहुने धार्मिक जनविश्वास छ ।

लक्ष्मीपूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ । त्यसैले घरका झ्यालढोका बत्ती बालेर झकिझकाउ पारिन्छन् । बत्ती बालेपछि लक्ष्मीमाता स्थापना गरिन्छ। भएका गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी, फूलमाला आदि सामग्री चढाएर लक्ष्मीको पूजाअर्चना गरिन्छ । लक्ष्मीपूजाका दिन गरगहनाको पूजा गरिने भएकाले बजारबाट सूनचाँदी लगायत धनमाल किन्ने चलन छ । थन्क्याएर राखिएका पूराना गरगहना समेत आज झिकेर लक्ष्मी स्थापना गरिएको कोठामा विधिपूर्वक राखी पूजा गरिन्छ ।

आज गाउँघर शहर बजारका घरघरमा केराको बोट गाडेर घरसजाएर लक्ष्मीपूजा गरिने हुँदा केराको बोटको बिक्री अत्याधिक हुने गर्दछ । मानिसहरु गाउँगाउँबाट केराको बोट ल्याएर बिक्री गर्ने गर्दछन् । लक्ष्मी पूजाको अवसरमा आज मानिसहरुले घरमा लक्ष्मीको पूजा गर्ने, घर सफासुग्घर राखी रङ्गीचङ्गी बिजुलीका बत्तिबाट झकिझकाउ पार्ने तथा दियोबाल्ने परम्परा छ भने ग्रामीण क्षेत्रका बालबालिका सन्ठीको विडो बनाएर हुकाहुकी खेल्ने चलन छ ।

आजकै लक्ष्मीको प्रतिक स्वरुप गौमाताअर्थात गाईको पूजा गरिन्छ । जनै पूर्णिमाका दिन नाडीमा बाँधेको रक्षा बन्धन (डोरो) फुकाएर त्यसैमा उनेको माला आज लक्ष्मीपूजाका दिन गाईलाई लगाईदिंदा सजिलै बैतर्णी नदि तर्न सकिने पौराणिक लिखत छ । लक्ष्मीपूजामा गाउँघरमा विशेष उल्लासका साथ गाईको पूजा गरिन्छ तर शहर बजारमा भने गाई पाल्नेहरु निकै कम मात्रै हुने भएकाले मनिसहरु गाईलाई खोजीखोजी पूजा गर्दछन् । कुनैपनि धार्मिक एवं पित्री कार्यसम्पन्न गर्दा पूजास्थललाई गोबरले लिपेर शुद्ध पारिन्छ । देवीदेवताको पूजा गर्दा गाईको दूधबाट बनाइने पञ्चामृत अनिवार्य चाहिन्छ । जुठो सुतक पर्दा शुद्ध हुन गौमुत्र (गहुँत) खानेचलन छ भने घर शुद्ध बनाउन पनि गहुँत छर्किनु पर्दछ । गाईको दूधबाट तयार हुने सवै परिकारहरु मानव शरिरका लागि अमृततुल्य र पोषिलो हुनेगर्दछ । त्यहि भएर हिन्दू समुदायमा गाईलाई आमापछि कि माता भनि गौमाताका रुपमा पूजा गर्ने चलन छ । लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन पनि छ ।

लक्ष्मी जयन्ति
लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पनि हो । आज ११३ औं देवकोटा जन्मजयन्तिका अवसरमा विविध कार्यक्रम गरिंदैछ । यस अवसरमा काठमाडौंको डिल्लीबजारमा रहेको महाकवि देवकोटाकोसालिकमा माल्यार्पण गरि विविध साहित्यिक कार्यक्रम गरिदैछ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी अर्थात लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा भएको थियो । न्वारानको नाउँ तीर्थमाधव भएपनि लक्ष्मीपूजाका दिन जन्मिएका कारण नाम लक्ष्मीप्रसाद राखिएको भनाई छ । नेपाली साहित्य आकासका विराट र बहुप्रतिभाका धनी देवकोटाका धुरन्धर रचनाहरुका कारण नेपाली साहित्य परिधिमा वहाँलाई महाकवि भनेर चिनिन्छ ।

पिता तीलमाधव र माता अमरराज्यलक्ष्मी देवीका साँईला छोराका रुपमा लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो । वहाँको मृत्यू विक्रम सम्वत् २०१६ सालभाद्र २९ गते भएको थियो । वहाँले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेख्नु भएको थियो । विशेषगरी मुनामदन कृतिका कारण वहाँको सबैभन्दा धेरै ख्यातिरहेको छ । देवकोटाको जन्मजयन्तिका अवसरमा देशभरका साहित्यानूरागीहरुले साहित्यिक कार्यक्रम गरेर मनाउँछन् । विशेषगरी कविता बाचन,कविता प्रतियोगता र साहित्यियक योगदानको चर्चा गरेर वहाँको सम्झना गरिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८ बिहिबार ००:००  ५ : ४६ बजे