काठमाडौं ।
आईसीसी टी–ट्वान्टी विश्वकपमा भारतले पहिलो जित दर्ता गरेको छ ।सुपर १२ को समूह २ अन्तर्गत अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतले तीन खेलमा पहिलो जित दर्ता गरेको हो ।भारतले पाकिस्तान र न्यूजिल्यान्डसँग पराजित भएको थियो ।
जितसँगै भारतले सेमिफाइनलको सम्भावना जिवितै राखेको छ ।यता चार खेल खेलेको अफगानिस्तानको यो दोस्रो पराजय हो ।यस अघि अफगानिस्तानले पाकिस्तानसँग हार ब्योहोरेको थियो । तर उसले स्कटल्यान्ड र नामिवियालाई पराजित गरेको थियो ।
बुधबारको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन जोड्न सक्यो ।अफगानिस्तानका लागि करिम जन्नतले ४२ तथा कप्तान मोहम्मद नावीले ३५ रनको योगदान गरे ।रहमानुल्लाह गुरबाजले १९ रन जोडे ।
भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट हात पारे ।जसप्रित बुमराह र रविन्द्र जडेजा एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ओभरमा दुई विकेट गुमाएर २ सय १० रन जोड्यो ।
रोहित शर्माले ७४ रन जोडे । उनले ४७ बलको सामना गर्दा ८ चौका र ३ छक्का प्रहार गरे ।केएल राहुलले ६९ रनको इनिङ्स खेले ।
हार्दिक पाण्ड्याले ३५ रन र रिशभ पन्तले २७ रनको योगदान गरे । अफगानिस्तानका करिम जनत र गुलबदिन नइबले एक–एक विकेट हात पारे ।यस जितसंगै भारतले विश्वकपमा सेमिफाइनल यात्राको झिनो आशा कायमै छ ।
प्रतिक्रिया