९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ब्राउनसुगर लिन हेटौंडाबाट नेपालगञ्ज हुँदै रुपैडिहा



नेपालगञ्ज ।
लागूऔषध ओसारपसारको लागि बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका ट्रान्जिट प्वाइन्ट बनेको छ । पछिल्लो एउटा घटनाले यसको पुष्टि गरेको छ । प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित जमुनाहा नाकाबाट एकजनालाई नियन्त्रणमा लियो । ती व्यक्ति लागूऔषध लिन मकवानपुरको हेटौंडाबा नेपालगञ्ज हुँदै छिमेकी भारतको रुपैडिहा गएर आएका थिए ।

उनले रुपेडिहाबाट खैरो हेरोइनसमेत आफ्नो साथमा ल्याएका थिए । उनी रुपैडिहाबाट खैरो हेरोइन लिएर निर्धक्क जमुनाहा नाका भएर नेपाल प्रवेश गर्दै थिए । काभ्रेको महादेवस्थान घर भई हाल मकवानपुर बस्दै आएका मानबहादुर रोकालाई बाँके प्रहरीले १५.६ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो । उनी लागूऔषध खैरो हेरोइन लिनकै लागि हेटौंडाबाट नेपालगञ्ज हुँदै रुपैडिहा आएको पाइएको बाँके प्रहरी बताउँछ । रुपैडिया नेपालगञ्जको सीमावर्ती भारतीय बजार हो ।

उनले एक किलो स्याउसँगै आलु चिप्सको कभरभित्र ब्राउनसुगर राखेर ल्याएका थिए। रुपैडिहाबाट हिँड्दै नेपालगञ्ज आउँदै गरेका रोकालाई प्रहरीले शंका लागेर जाँच गर्दा ब्राउनसुगर फेला परेको थियो ।

उनका अनुसार रोकाले १५.६ ग्राम ब्राउनसुगर ८२ हजार रुपैयाँमा किनेर ल्याएका थिए । रोकालाई ब्राउनसुगर हेटौंडा पु¥याइदिएवापत मोटो रकम दिने गरेको इन्चार्ज अधिकारीले बताए । उनका अनुसार उनले ल्याएको १५.६ ग्राम ब्राउनसुगर हेटौंडा पु¥याउन पाएको भए १७ हजार भारतीय रुपैयाँ पाउने थिए । रोका १७ हजार भारुको लोभमा ब्राउनसुगर लिन हेंटौडाबाट नेपालगञ्ज हुँदै रुपैडिहासम्म पुगेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८ बिहिबार ००:००  ६ : ०२ बजे