मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एमाले) शिवराज नगर कमिटीमा आन्तरिक विवाद बढेपछि अपुरो कमिटी घोषणा गर्दै नगर अधिवेशन सकिएको छ । मंगलबार भएको नगर अधिवेशनमा अध्यक्षमा विवाद नदेखिए पनि अन्य पदाधिकारी र सदस्यमा आकांक्षी बढि देखिएका थिए ।
अध्यक्षमा जगत पौडेल पुनः अध्यक्षमा दोहोरिए पनि उपाध्यक्षमा महादेव पोख्रेलको नाममा सहमति भएको थियो ।
सचिवमा दुई जना आकांक्षीले अन्तिमसम्म एकले अर्कालाई नछाड्ने स्थिति आएपछि सचिव घोषणा नगरि नगर सम्मेलन सकिएको हो ।
स्रोतका अनुसार नगर सचिवमा निशा विश्वकर्मा र शरद अधिकारी बीच प्रतिस्पर्धा देखिएको थियो ।
विश्वकर्मा र अधिकारी बीच प्रतिस्पर्धा देखिए पनि चुनाव हुन सकेन् । पार्टी नेतृत्वले दुवै मध्ये एकलाई सचिव बनाउन नसक्दा सचिव पद नै खाली राखि अधिवेशन सम्पन्न भएको छ ।
यस्तै उप सचिवमा पनि विवाद देखिएको छ । वडातहबाट आउने सदस्यहरुमा पनि विवाद देखिएका कारण अपुरो कमिटी घोषणा गर्दै नगर अधिवेशन सकिएको हो ।
पार्टी नेतृत्वले कार्यकर्ताको मनोभावना विपरित टिके प्रथाबाट नेता चयन गर्दा जिल्लाका बुद्धभूमि, वाणगंगा लगायतका स्थानमा विवाद देखिएको छ ।
यो पनि पढ्नुहोस् एमाले बुद्धभूमिमा लफडा, असन्तुष्ट पक्षले गरे अधिवेशन बहिस्कार
प्रतिक्रिया