१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

तराईको विकासका लागि एमाले अपरिहार्यः नेता पन्थी



कपिलवस्तु ।

नेकपा एमालेका नेता विष्णु पन्थीले तराईको विकासको निम्ति नेकपा एमाले अपरिहार्य रहेको बताएका छन् । पार्टीको १० औँ महाधिवेशन अन्तर्गत देशैभर एकैसाथ पालिका अधिवेशनको क्रममा कपिलवस्तुको मायादेवी गाउँकमिटिको प्रथम अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सांसद पन्थीले विकासको आधारनै एमाले भएकाले पार्टीको महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताए । पन्थीले अन्य पार्टीले जस्तो बजेटको अनियमितता एमालेले नगर्ने भन्दै शिक्षा, स्वास्थ्य रोजगार, विकास निर्माण जस्ता पक्षहरुलाई निश्पक्षता पुर्वक अगाडि बढाउदै आएको बताए ।
निर्वाचनमा मत हालेर विजयी बनाउने मतदातालाई हैकम लगाउने प्रवृति यथावत रहेकाले एमालेले मतदातालाई सर्वाेपरी मानेर अगाडि बढ्ने जिकिर गरे ।
पार्टीको महाधिवेशनलाई ईकिंत गर्दै नेता पन्थीले धेरै पहिले देखि पछाडि पारिदै आएको मायादेवीको विकासको लागि मायादेवीका जनताको आर्थिक स्तर उकास्नका लागि एमालेको जित आवश्यक रहेकाले अहिलेदेखिनै चुनाव केन्द्रित हुनुपर्ने बताए ।
नयाँ बन्ने कमिटिलाई हार्दिक बधाई सफलताको शुभकामना दिंदै पार्टीलाई मजबुत र बलियो बनाई देशको समृद्धिका लागि एमाले मायादेवी गाउँ कमिटिको भूमिका अहम रहने दावि गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०७८ मंगलबार ००:००  ६ : ५२ बजे