बाबुराम रायमाझी वाणगंगा ।
नेकपा एमाले वाणगंगाको प्रथम अधिवेशन सिद्धार्थ क्याम्पस बुङचीमा शुरु भएको छ । राष्ट्रिय सभा सदस्य तथा एमाले कपिलवस्तु इन्चार्ज विमला घिमिरेले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै घिमिरेले राष्ट्रिय राजनीति जटिल बन्दै गएको परिस्थितीमा नेकपा एमालेले सुझबुझका साथ जनताको पक्षमा काम गरिरहेको बताउनुभयो । महिला नेतृ घिमिरेले सरकारबाट नेकपा एमाले बाहिरहदा देश अप्ठ्यारो स्थितीमा परेको बताउदै सदैव नेपाली जनताको विचमा गरेका बाचाहरु पुरा गर्ने तर्फ एमाले दृढका साथ अघि बढेको बताउनुभयो । उहाँले नेकपा एमालेले ल्याएका राष्ट्रिय गौरवका योजनाहरु अहिलेको सरकारले अवरुद्ध गरेकाले पुन एमालेको सरकारले पुरा गर्ने समेत बाचा गर्नुभयो ।
एमाले वाणगंगाको प्रथम अधिवेशनको प्रमुख अतिथी समेत रहनु भएकी घिमिरेले नेकपा एमाले अप्ठ्यारोमा परेको भन्ने कतिपयलाई लाग्न सक्छ, तर एमालेले जनताको मतलाई सम्मान गर्दै आफनो पार्टीले संचालन गरेका लोकप्रिय कार्यक्रम सामाजिक सुरक्षा भत्ता, भूमिहिन सुकुम्बासीलाई लालपुर्जा र देशलाई समृद्ध बनाउने बाचा पुन एमाले सरकारमा आएर पुरा गर्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य तथा एमाले पार्टी उपसचिव विश्राम प्रसाद थारुले पार्टीले संगठनलाई चुस्त दुरुस्त राख्न राख्दै अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सर्वसम्मत बनाएर एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।
त्यस्तै पार्टीका जिल्ला सचिव बाबुराम आचार्य, प्रदेश कमिटि सदस्य प्रभा पौडेल, निर्वाचन मण्डलका संयोजक डम्मर शर्मा, वाणगंगा नगरका सहइन्चार्ज विमल सारु मगर, वाणगंगा नगरका इन्चार्ज चक्रपाणी अर्याल लगाएतले प्रथम नगर अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।
उद्घाटन कार्यक्रम नगरका अध्यक्ष युवाराज पोखरेलको अध्यक्षता, उपाध्यक्ष मुक्त बहादुर कार्कीको स्वागत र सचिव विष्णु गिरीको संचालन भएको थियो ।
साथै उद्घाटन शत्र समापन लगत्तै बन्द शत्र संचालन भइरहेको छ । नगरका ४ सय २५ जना नगर प्रतिनिधी रहेका छन् । नेतृत्वका लागि ५ जना आकांक्षी रहेपनि सर्वसम्मत बनाउन शिर्ष नेताहरु सकृय भएका छन् ।
प्रतिक्रिया