कञ्चनपुर ।
नेकपा (एमाले) कृष्णपुरका नेता प्रदिप चौधरी सहित नेकपा (एकिकृत समाजवादी)मा प्रवेश गरेका छन । एमाले स्थानीय सरकारले एमाले भित्र नाताबाद कृपावाद, आफन्तबाद गरेर थारु, जनजाती आदिवासी समुदायलाई उपेक्षित गरेको भन्दै नेकपा (एस) मा प्रवेश गरेको जनाएका छन् ।
नेकपा (एस) कञ्चनपुरका युवा सुरेन्द्र बहादुर बमले एक कार्यक्रमका बीच एमालेबाट प्रदिप चौधरीसहित एकीकृत समाजवादीमा प्रवेश गरेको बताए । एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष तथा प्रदेशका अर्थमन्त्री तारा लामा तामाङ्गले चौधरीलाई पार्टीमा प्रवेश गराउँदै एमाले भन्दा समाजवादीमा राम्रो जिम्मेवारी हुने जनाए ।
प्रतिक्रिया