काठमाडौं । अफगानिस्तानले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।सारजाहमा सोमबार भएको खेलमा स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो ।
अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।स्कटल्याण्डका जर्ज मुन्सेले २५ रन जोड्दा क्रिस ग्रेभिसले १२ रन बनाए ।
यस्तै कप्तान केली कोट्जरले १० रन बनाए ।अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ५ विकेट लिए ।राशिद खानले ४ तथा नभिन उल हकले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
रहमानउल्लाह गुर्बाजले ४६ रन जोड्दा हज्रातउल्लाह जाजईले ४४ रन बनाए ।मोहमद शाहजादले २२ रन जोड्दा कप्तान मोहमद नाबीले अविजित ११ रन बनाए ।
स्कटल्याण्डका साफ्यन शारिफले २ तथा जोस डेभि र मार्क वाटले १र१ विकेट लिए ।जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ । अफगानिस्तान शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया