११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

इरानसंग नेपालको फराकिलो हार, पहिलो हाफ गोलरहित थियो



काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो टिम इरानसँग ४(० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहोर्यो ।इरानको जितमा होसेनले दुई गोल गरे । मेहदी र यासिनले एक एक गोल गरे ।

मेहदीले ४६ औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।७७ औं मिनेटमा होसेनले गोल गर्दै टिमको अग्रता २(० को बनाए ।

खेलको ७९ औं मिनेटमा होसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इरानलाई ३-० को अग्रता दिलाए ।त्यसपछि खेलको इन्जुरी समयमा कप्तान यासिनले गोल गर्दै इरानलाई ४(० को जित दिलाए ।

यस जितसँगै समूह बी मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ ।नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।अब नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू(२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू(२३ एसियन कपमा छनोट हुनेछन् ।उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७८ मंगलबार ००:००  ८ : १७ बजे