११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेकपा (एस) लुम्बिनी प्रदेशको कार्यालय सचिवमा भट्टराई, संगठन विभागको जिम्मा कोइरालालाई



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटी सचिवालय बैठकले महत्वपूर्ण निर्णय गरेको छ । सोमबार बुटवलमा बसेको प्रदेश कमिटी सचिवलाय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिदैं जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।

नेकपा (एस) लुम्बिनी प्रदेश कमिटीका अनुसार प्रदेशको पार्टी कार्यालय सचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई रुपन्देहीको हुन्छ ।

प्रदेशको संगठन विभागमा अशोक कोइराला, आर्थिक विभागमा राजु गुरुङ, राज्य व्यवस्था विभागमा सोम पाण्डे र प्रचार विभागमा बालकृष्ण चापागाईलाई जिम्मेवारी दिइएको प्रदेश कमिटी इन्चार्ज तथा नेकपा (एस)का केन्द्रीय सचिव भागवत विश्वासीले मायादेवी अनलाइनलाई बताउनुभयो । प्रदेश कमिटीले पाएको पूर्णता सकुर्लरमा आउने प्रदेश इन्चार्ज विश्वासीले जनाउनुभयो ।

यस्तै बैठकले आउँदो मंसीर १६ गते भित्रै वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय, जिल्ला कमिटीलाई पूर्णता दिन निर्देशन दिएको छ । यस्तै यही समयमा जनसंगठनलाई वडा, पालिका र जिल्लातहमा गठन गर्न बैठकले भनेको छ ।

पार्टी काम सकाएर आउँदो मंसीर २५ गते बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने नेकपा (एस) लुम्बिनी प्रदेश कमिटीले निर्णय गरेको छ ।
बैठकमा १२ वटै जिल्लाका अध्यक्षहरुले पार्टीको बारेमा रिर्पोटिङ गरेका थिए भने केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८ मंगलबार ००:००  ८ : ०० बजे