थानेश्वर अधिकारी, कपिलवस्तु ।
नेकपा एमाले कपिलवस्तुले जिल्लाका ९४ वडामा शनिबार र आइतबार गरी वडा अधिवेशन सम्पन्न गरेको छ । एमाले प्रचार विभाग कपिलबस्तुका अनुसार शनिबार ९२ वडामा र आइतबार २ वडा गरी कपिलवस्तुका कुल ९४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
यस्तै बाणगंगा नगरपालिकाको ११ वटै वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएका छन् । बाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रलले दिएको जानकारी अनुसार वडा न. १ मा गंगा कुमारी भट्टराईको अध्यक्षतमा वडा कमिटी गठन भएको छ । वडा नं २ को अध्यक्षमा नहकुल शाही, वडा न. ३ को अध्यक्षमा खगेन्द्र घिमिरे, ४ को अध्यक्षमा देवि प्रसाद पाण्डे, ५ को अध्यक्षमा वावुराम अर्याल, ६ को अध्यक्षमा नमनारायण शर्मा (रामप्रसाद) न्यौपाने सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । त्यसैगरी वडा न. ७ मा प्रताप गिरी, वडा न. ८ को अध्यक्षमा गिता भुसाल, ९ को अध्यक्षमा विन्द्र बहादुर गुरुङ, १० को अध्यक्षमा शिवचरण चौधरी र वडा न. ११ को वडा कमिटि अध्यक्षमा चेतनारायण ढकाल निर्वाचित हुनुभएको हो ।
साथै वडा अधिवेशनले पार्टी सदस्यका आधारमा नगर अबिधेशन प्रतिनिधी छनौट समेत सर्वसम्मत रुपमा भएको गरेको छ । विभिन्न वडाहरुमा भएको अधिवेशनलाई केन्द्रिय नेताहरु गिरधारीलाल न्यौपाने, विमला घिमिरे, प्रदेश नेता वलराम अधिकारी, जंजिर प्रसाद थारु, डम्मर शर्मा, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सचिव वावुराम आचार्य, उपसचिव विश्राम प्रसाद थारु, जिल्ला सचिवालय सदस्य सूर्य कुमारी शाही, वडा निर्वाचन अध्यक्ष मण्डलका संयोजक विश्व कार्की लगायतका नेताहरुले उद्घाटन गरेको नगर अध्यक्ष पोखरेलको भनाइ छ ।
वडामा २ महिला नेतृत्वमा निर्वाचित :
देशै भर एकैदिन आयोजना भएको वडा अधिवेशन अन्तरगत नेकपा एमाले वाणगंगा नगरपालिकाको वडा नम्बर १ र ८ मा महिलाले नेतृत्व पाएका छन् । १ नम्बर वडा कमिटीको अध्यक्षमा गंगाकुमारी भट्टराई र वडा नम्बर ८ मा गीता भुसाल सर्वसम्मत निर्वाचित भएको पार्टीले जनाएको छ । कमिटीमा नेतृत्व चयन गर्दा एमालेले महिला, दलित, जनजाति आदिवासी लगाएतको समावेशी संरचना बनाएको छ । मंगलबार ९ गते हुने वाणगंगाको नगर अधिवेशनका लागि आयोजक कमिटी र नगर प्रतिनिधी गरी ४ सय २२ जना प्रतिनिधी रहेका छन् ।
प्रतिक्रिया