९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाल्पामा उत्पादित छुर्पी अमेरिका निर्यात



पाल्पा ।
लुम्बिनी प्रदेशको पाल्पा तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । अमेरिकाको बजारमा अहिले पल्पामा उत्पादन भएको छुर्पि पाईन थालेको हो । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ ।

यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौँ हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले बताए ।

अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौँमा सङ्कलन गरी अमेरिका पठाउने गरिएको उनको भनाइ थियो । पाल्पा पछिल्लो वर्ष व्यावसायिकरूपमा पशुपालनसँगै दूध र मासुमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादित भैँसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् ।

तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले विसं २०५२ मा तीन लिटर दूध बोकेर डेरीमा ल्याउथे । उत्पादित दूधले उचित मूल्य नपाउँदा बजारको समस्याले हैरानी भएका उनी छुर्पीका निम्ति प्रख्यात इलाममा पुगी छुर्पी उत्पादन गर्न सिकेको बताउँछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८ सोमबार ००:००  ६ : ४१ बजे