काठमाडौँ ।
सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र्र शमशेर राणाले फुलकोर्टको बैठक बोलाएपछि सर्वोच्च अदालतका १४ न्यायाधीशहरु बैठक बसेर सो फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरे । उनीहरुले सोमबार पनि सर्वोच्चमा बसेर थप निर्णय लिइने निष्कर्ष निकाले ।
यी १४ जना न्यायाधीशहरुले वरिष्ठतम न्यायाधीश दीपक कार्कीको समर्थनसमेत गरे । यसरी राणाविरुद्ध विद्रोह गर्ने १४ जना न्यायाधीशहरुमा केही भावी प्रधानन्यायाधीशको लाइनमा रहेकाहरुसमेत छन् ।
न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी राणाविरुद्ध विद्रोहमा उभिएका हुन् ।
बैठकमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल न्यायाधीशहरुको बैठकमा अनुपस्थित रहे । उनीहरु काठमाडौँ बाहिर भएकाले आइतबारको बैठकमा सहभागी नभएका हुन् ।
प्रतिक्रिया