१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

गुल्मीमा लघु विद्युतको ड्याममा महिलाको शव भेटियो



गुल्मी ।
गुल्मीमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर(४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डीएसपी०पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव चन्द्रकोट गाउँपालिकाको वडानम्बर(६ हरेवास्थित लघु विद्युतको ड्याममा डुबेको अवस्थामा फेला परेको हो । यही कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शव स्थानीयले डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

बाग्लुङ जिल्ला घर भएकी ती महिला र उनका श्रीमान् चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्दै आएको डीएसपी पाण्डेले बताए । खोला नजिकै मन्दिर रहेकाले वरपर गर्दा चिप्लिएर लडेर खोलाले बगाएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  १२ : ३५ बजे