१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कस्तो असर पर्ला भैरहवामा ? लुम्बिनी नजिकै बन्यो भारतको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल




बुटवल ।

भारतले नेपालको लुम्बिनीलाई समेत लक्षित गर्दै उत्तर प्रदेशको कुशीनगरमा अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा ल्याएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट सञ्चालनले बौद्ध सर्किट क्षेत्रलाई जोड्ने र कुशीनगरबाट पूर्व एसियाका देशमा उडान गर्ने उद्घोष गरेका छन्।भारतले मात्र ५ महिनाको समयमा प्रति घण्टा ३०० यात्रुले सेवा लिन सक्ने गरी टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो।

भारतले नेपालको सीमानजिक एयरपोर्ट सञ्चालनमा ल्याएसँगै नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य अन्यौलमा पर्ने भएको छ।नेपालको लुम्बिनीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गौतम बुद्ध एयरपोर्ट जुन बजारलाई लक्षित गरेर अघि बढाइएको थियो, भारतले सोही बजारलाई लक्षित गरेर एयरपोर्ट सञ्चालनमा ल्याएको हो।

नेपालले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टबाट म्यानमार, थाइल्याण्ड जस्ता बौद्ध धर्मावलम्बी भएका देशमा उडानको लक्ष्य राख्दै आएको छ।कुशीनगर एयरपोर्ट सञ्चालनमा आएसँगै भारतले पनि सोही देशमा उडानको लक्ष्य राखेको छ। भारतीय प्रधानमन्त्रीले कुशीनगर एयरपोर्ट उद्घाटन गर्दा समेत थाइल्याण्ड र श्रीलंकाका राजदूत सहभागी भएका थिए।

कुशीनगरबाट सबभन्दा नजिकको बौद्ध धर्मस्थल लुम्बिनी हो। जुन सडक मार्गबाट १५० किलोमिटरको दूरीमा छ। कपिलवस्तु १६० किलोमिटर, सारनाथ २३३ किलोमिटर र बोधगया ३२६ किलोमिटरमा छ।पूर्वपर्यटन सचिव शंकर अधिकारी भारतको कुशीनगर एयरपोर्टले लुम्बिनी एयरपोर्टको बजारलाई असर पार्ने बताउँछन्।

असर त परिहाल्छु, अधिकारीले सेतोपाटीसँग भने, ुभारतले लुम्बिनी नजिक छ भनेर मार्केटिङ गरेको अवस्थामा असर पर्छ।

अधिकारीले नेपाललाई भारतले एयररूट दिन आलटाल गरिरहेको अवस्थामा सिमराको एयररूटबाट उडान गर्दा भैरहवा एयरपोर्ट सञ्चालन महँगो हुने भएकाले भारतीय एयरपोर्टलाई सहजता मिल्ने अवस्था रहेको उल्लेख गरे।

प्रकाशित मिति : ३ कार्तिक २०७८ बुधबार ००:००  ७ : ५६ बजे