१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

च्याम्पियन्स लिगः गयरातिका चर्चित खेलमा २९ गोल, कसले कति गरे ?




एजेन्सी ।

यूईएफए च्याम्पियन्स लिग फुटबलमा शीर्ष टोली खेलेको खेलमा गयराति २९ गोल भएको छ । गयरातिका खेलमा शीर्ष क्लवहरु पिएसजी, म्यानचेस्टर सिटी, लिभरपुल, रियल मड्रिड खेलेको खेलमा २९ गोल भएको हो ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे ।

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।समूह चरण अन्तर्गत मंगलबार राति रियलले साख्तर डोनेस्कलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले बेल्जियन क्लब क्लब ब्रुजलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले स्पेनको एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति लिभरपुलले एट्लेटिकोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । मोहमद सलाह चम्किएपछि लिभरपुलले उसैको मैदानमा एट्लेटिकोलाई पराजित गरेको हो ।

च्याम्पियन्स लिग फुटबलमा डच क्लब आयाक्सले फराकिलो जित निकालेको छ ।समूह चरण अन्तर्गत मंगलबार राति आयाक्सले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

टालियन क्लब इन्टर मिलानले यूईएफए च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी सेरिफलाई ३-१ गोल अन्तरले पराजित गर्दै इन्टरले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा खेलको ३४ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।खेलको ५२ औं मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५८ औं मिनेटमा अर्टुरो भिडालले गोल गर्दा इन्टरले २-१ को अग्रता बनायो ।त्यसपछि खेलको ६७ औं मिनेटमा स्टेफेन डी भिर्जले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए ।यस जितसँगै इन्टरले ३ खेलमा ४ अंक जोडेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८ बुधबार ००:००  ८ : १९ बजे