काठमाडौं । सरकारले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने समय यस वर्ष परिवर्तन भएको हो। दसैंका कारण समय परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ। बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन आग्रह गरेको छ।
प्रतिक्रिया