१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अपडेटः १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाले ज्यान गुमाए




काठमाण्डौँ ।

पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८ मंगलबार ००:००  ५ : ४९ बजे