१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बैतडीको बाढीमा फसेकी अर्चनाले पठाएको कारुणिक अडियो….




बैतडी । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना जति स्थानीयहरु उद्वारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्वारको पर्खाइमा बसेका उनीहरुले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।

नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । जुन टापु जुन सुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । घटनास्थलमा उद्धार टोलीसमेत जान नसक्दा टापुमा एक युवतीले एउटा अडियो रेकर्ड गरी उद्धारको अपिल गरेकी छन् ।

अर्चना चन्द नाम गरेकी ती युवतीले बनाएको अडियो रेकर्डमार्फत उद्धारका लागि अपिल गरिएको छ । अडियोमा उनले भनेकी छन्, ुबाढीले जुनसुकै बेला यहाँका मान्छेलाई जेसुकै हुनसक्छ ।

अर्चनाले पठाएको अडियो जस्ताको त्यस्तै

नमस्कार म अर्चना चन्द । बैतडीको सिगास गाउँपालिका वडा नं ५ ढुंगाडबाट बोल्दैछु । हिजो राति १० बजेतिर सेती नदीको बाढी आएर ढुंगाडलाई बगाएको छ । हामी यहाँका स्कुल र होस्टेलतिर भोकै बसेका छौँ ।

यहाँ हामी ५०र६० जना गाउँतिरै बसिराखेका छौँ । बाढीले गर्दा जतिबेला पनि जेसुकै हुनसक्छ । यहाँका मान्छेलाई कसैले अहिलेसम्म उद्वार गर्न पनि सकेको छैन । हामीलाई खान बस्नको व्यवस्था पनि छैन । अहिले मौसम पनि राम्रो छैन ।

प्रकाशित मिति : २ कार्तिक २०७८ मंगलबार ००:००  ५ : ३३ बजे