१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चीनले थप २० लाख डोज कोरोना खोप दिने



काठमाण्डौँ ।

चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप दिने प्रतिवद्धता जनाएको छ। आज परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन कुराकानीमा विदेशमन्त्री यीले कोरोना खोप अनुदान दिने प्रतिवद्धता जनाएका हुन्।

विदेशमन्त्री यीले थप २० लाख डोज खोप दिने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

परराष्ट्र मन्त्री खड्काले विदेशमन्त्री यीलाई धन्यबादसमेत दिएका थिए।

उनीहरूबीच मंगलबार करिब एक घन्टा टेलिफोनमा कुराकानी भएको हो। उनीहरूबीच द्विपक्षीय हितबारे पनि कुराकानी भएको थियो।

साथै उनीहरूबीच सीमा व्यवस्थापन, तातोपानी, रसुवागढी नाका, हवाइ सम्पर्कलगायत विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७८ मंगलबार ००:००  ५ : २३ बजे