१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कार्तिक ६ र ९ गते हुने वडा नगर अधिवेशनको तयारीमा एमाले वाणगंगा



बाबुराम रायमाझी, वाणगंगा ।
नेकपा एमालेको कार्तिक ६ मा वडा अधिवेशन र कार्तिक ९ मा हुने नगर अधिवेशनको तयारीमा पार्टी कमिटीहरु सकृय भएका छन् । देशैभर एकैदिन हुने अधिबेशनको तयारीका लागि नेकपा (एमाले) बाणगंगा नगर कमिटीले आवश्यक तयारी गर्दै जिम्मेवारी तोकेको छ । सोमबार सिद्धार्थ क्याम्पसमा सम्पन्न वैठकले वडा तथा नगर अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन मण्डल तथा निर्वाचन समितिको जिम्मेवारी प्रदान गरेको एमाले बाणगंगाले जनाएको छ ।
कार्तिक ९ गते हुने नगर अधिवेशनका लागि कार्तिक ६ गते नै वडा अधिवेशन मार्फत प्रतिनिधी चयन हुने ब्यवस्था गरिएको एमाले नेता डम्मर शर्माले जानकारी दिनुभयो । नेता शर्माका अनुसार नगर अधिवेशनका लागि १० जना महिला पार्टी सदस्य बराबर १ जना प्रतिनिधी चयन हुने र १५ जना पुरुष पार्टी सदस्य बराबर १ जना नगर प्रतिनिधी चयन हुने ब्यवस्था रहेको बताइएको छ । वडा अधिवेशनको हकमा भने सबै पार्टी सदस्य स्वत प्रतिनिधी रहने ब्यवस्था रहेको बताइएको छ ।
वैठकले वडा अधिवेशनको तयारीका निम्ति कात्तिक ३ गते सबै वडा तहका वैठकहरु सम्पन्न गर्ने नगर अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो । प्रतिनिधी चयनमा सबै जातजाती समावेश हुनुपर्ने ब्यवस्था रहेको बताइएको छ ।
एमाले बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न वैठकमा केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपाने, एमालेका केन्द्रिय सदस्य कपिलवस्तु इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, लुम्बिनी प्रदेशका कार्यालय सचिव तथा संविधान सभा सदस्य बलराम अधिकारी, एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमाले लुम्बिनी प्रदेश सदस्य डम्मर शर्माले मन्तब्य राख्दै कार्यकर्ताको भावना अनुरुप नेतृत्व चयन हुने धारणा राख्नुभयो ।
वैठकमा एमाले निर्वाचन क्षेत्र नं. १ का संयोजक बाबुराम आचार्य, नगर इन्चार्ज चक्रपाणी अर्याल लगायतको आतिथ्यतामा सम्पन्न भएको एमाले बाणगंगा नगर कमिटीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८ सोमबार ००:००  ९ : ५७ बजे