१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको बहादुरगंजमा हैजा फैलिएको पुष्टि



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको ३ वटा वडामा हैजा फैलिएको पुष्टि भएको छ । गत असोज १८ देखि कृष्णगनरको ७, ८ र ९ नम्बर वडामा झाडापखाला फैलिए पछि गरिएको दिसा नमुना परिक्षणमा हैजाको जीवाणु फेला परेको हो ।

बिश्व स्वास्थ्य संगठनको समन्वयमा २१ जना बिरामीको दिसा संकलन गरी परिक्षण गर्दा सो तथ्य फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ४ जनामा हैजाको जिवाणु फेला परेको उनले जानकारी दिए । २१ नमुना मध्ये ५५ बर्षीय २ पुरुष, ७२ बर्षीय एक पुरुष तथा ५ बर्षीया बालिकामा हैजाको जिवाणु भेटिएको हो ।

प्रकाशित मिति : ३१ आश्विन २०७८ आइतबार ००:००  ७ : ३८ बजे