एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ४-२ ले पराजित गरेको हो।
१९ औँ मिनेटमा मासन ग्रीनवूडले गोल गरी युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । तर ३१ औँ मिनेटमा युरी तिलेमान्सले लेस्टरका लागि बराबरी गोल गरे।
७८ औँ मिनेटमा काग्लार सोयुन्कुले गोल गरी लेस्टरलाई अग्रता दिलाए । ८२ औँ मिनेटमा मार्कस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल गरे । तर त्यसको एक मिनेटमै जेमी भर्डीले लेस्टरका लागि गोल गरे ।
इन्जुरी समयको पहिलो मिनेटमा प्याट्सन डाकाले गोल गरी लेस्टरलाई जित दिलाएका हुन् । यससँगै प्रिमियर लिगमा अवे मैदानमा युनाइटेडको २९ खेलको अपराजित यात्रा टुंगिएको छ।
पराजित भएको युनाइटेड ८ खेलबाट १४ अंकसहित पाँचौँ तथा जित निकालेको लेस्टर सिटी ११ अंकसहित ११ औँ स्थानमा छ ।
शनिबार राति भएका अरु खेलमा लिभरपुलले वाट्फोर्डलाई ५-०, वुल्भ्सले एस्टन भिल्लालाई ३-२, म्यानचेस्टर सिटीले बर्नलीलाई २-० तथा साउथह्याम्पटनले लीड्स र चेल्सीले ब्रेन्टफोर्डलाई समान १-० ले पराजित गरेका छन् । नर्विच र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया