काठमाडौं ।
बडादशैंअन्तर्गत टिकाको तेस्रो दिन आजपनि मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले आजपनि बिहानैदेखि आफन्त तथा मान्यजनका हातबाट टीका जमरा थापिरहेका छन् ।
बिशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने गरिएको हो ।
नवदुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा समृद्धि बढ्ने जनविश्वास रहेको छ ।
यसैबीच फुलपातिदेखि करिब सुनसान बनेको काठमाडौं उपत्यकामा चहलपहल बाक्लिएको छ ।
बडादसैँको टिका लगाएपछि सर्वसाधारण मान्यजनकोमा टिका र आशिर्वाद लिन जान ओहोर दोहर गर्न थालेपछि सडकमा चहलपहल बढेको हो ।
प्रतिक्रिया