१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अपडेटः भारतले हान्यो २ मिनेटमा २ गोल, दबाबमा नेपाल



काठमाडौं ।
१३ औं संस्करणको साफ च्याम्पियसिप फुटबलको फाइनलमा भारतले दुई गोलको अग्रता लिएको छ ।

बलियो प्रतिस्पर्धी भारतले नेपालविरुद्ध आक्रामक रुपमा खेल्दै अग्रता लिएको हो । भारतले नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै गोल गर्न सफल भएको हो । भारतका सुनिल क्षेत्रीले खेलको ४८ औं मिन्टमा गोल गरेका हुन् । दोस्रो गोल भने ४९ औं मिनेटमा सुरेश सिंहले गरे ।

यसअघि खेलकै सुरुआतदेखि नै भारतले आक्रामक खेल खेलको थियो । भारतले रणनीति अनुसार खेल्न सक्दा खेलमा अग्रता लिन सक्यो ।

साफ च्याम्पियनसिपमा यो नेपालको पहिलो फाइनल हो । प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको भएपनि अब उपाधि नै जित्ने तयारीमा लागेको छ । भारत भने दक्षिण एसियामा आफ्नो दबदबा कायम राख्न चाहन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८ शनिबार ००:००  १० : ०१ बजे