१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपाल र भारतबीचको फाइनल खेल सुरु



काठमाडौं ।
नेपाल र भारतबीचको खेल सुरु भएको छ । शनिबार माल्दिभ्समा दुई टोली उपाधिको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेल दुबै टोलीको लागि उत्तिकै महत्वपूर्ण छ ।

साफ च्याम्पियनसिपमा यो नेपालको पहिलो फाइनल हो । प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको भएपनि अब उपाधि नै जित्ने तयारीमा लागेको छ । भारत भने दक्षिण एसियामा आफ्नो दबदबा कायम राख्न चाहन्छ ।

नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डगआउटमा नहुनुले समस्या हुनेछ । उनी मैदानबाहिरबाट सक्रिय रुपमा खेललाई निर्देश गर्ने प्रशिक्षक हुन् । यस्तै युवा स्टार अञ्जन बिष्ट पनि दुई पहेंलो कार्ड पाएका कारण आजको खेलमा छैनन् । उनको अभाव टोलीलाई हुने छ ।

यस्तो समस्या नेपालको मात्र होइन । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाच पनि आजको खेलमा प्रतिबन्धित छन् भने अन्य तीन प्रमुख खेलाडीले आजको खेल गुमाएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८ शनिबार ००:००  ९ : ११ बजे