काठमाडौं ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ ।मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८स्४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो ।
त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।ुभोलि हाम्रो ठुलो खेल हो । सजिलो हुने छैन गार्हो हुन्छ । हामी तयार छौँ त्यसमा केन्द्रित छौँ,ु नेपाली टिमका सहायक प्रशिक्षक किरणले श्रेष्ठ भन्छन्, ुएउटा संकल्पका साथ नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने छौँ ।ु
साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ ।तर, नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने बताउँछन् ।
हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,ु कप्तान किरणले भने ।साफ अन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १(० ले हराएको थियो ।
भारत आफ्नो जितको विरासतलाई कायम राख्न चाहन्छ । भारतको नजर उपाधिमा हुनेछ । तर, नेपालविरुद्ध भारतलाई सहज हुने छैन ।
ुहामी फाइनल प्रवेश गरेकोमा असाध्यै खुसी छौँ । केवल एक खेल बाँकी छ र केटाहरु तयार तथा सकारात्मक छन्,ु सहायक प्रशिक्षक शानमुगम वेंकटेश भन्छन्, ुनेपालले समूह चरणमा नेपालले राम्रो नजिता निकालेको थियो । पुरै टिम कन्फिडेन्स छ र मोटिभेटेड छ । खेल कठिन हुनेछ ।भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ ।
नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।भारतविरुद्ध नेपालका विंगर तथा मुख्य खेलाडी अन्जन विष्टले खेल्ने छैनन् । दुई पहेलो कार्डको कारण उनले फाइनल खेल गुमाउने छन् । यस्तै मिडफिल्डर पुजन उपरकोटीले खेल्ने सम्भावना कम रहेको छ । चोटको कारण उनले फाइनल खेल्ने सम्भावना कम रहेको छ ।
प्रतिक्रिया