मायादेवी अनलाइन, चारनम्बर ।
नेपालीहरुहरुले महान चाड विजयादशमी मान्यजनबाट टिका, जमरा र आशिर्वाद थापेर आज मनाइरहेका छन् । सबैले निधारभरी अक्षता र जमरा ग्रहणगरी भव्यताका साथ दशैँ पर्व लगाएर यो पर्व धुमधामका साथ मनाउने गर्दछन् । बडादसैंको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा परे पनि कपिलवस्तुसहित देशभर दिनभर टिका लगाउने क्रम जारी छ । गत बर्ष कोरोनाको कारण उति रमाइलो नभएता पनि यष बर्ष भने कोरोना नियन्त्रणसंगै रमाइलो र चहलपहल पनि बढेको देखियो । टिका जमरा लगाएर मान्यजनकहाँ जानेहरु सडकमा बढी देखिन्थे । भने बजारमा विहानसम्म किनमिल गर्ने मानिसको चहलपहल पनि बढेको थियो ।
मान्यजनको हातबाट दसैंको टीका लगाउने जाने आउने क्रम बढेपछि काठमाडौंमा पुनः चहलपहल हुन थालेको छ । .शुभ साईतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरूको चहलपहल बढ्न थालेको हो ।
विजया दशमीका दिन रातो टीका र पहेंलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ ।असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवि शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ । यो दिन परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ ।
वैदिक सनातन धर्मानुयायीहरूले दसँैको आर्शिवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन् रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असूरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहोल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा लिइन्छ । यो टिका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ ।
प्रतिक्रिया