qमायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु र सिमावर्ती जिल्ला भारतको सिद्धार्थनगरको नौगढमा सुरक्षा समन्वय बैठक विहिबार सम्पन्न भएको छ । वैठकमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी उपरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रमुख र भारतको सिद्धार्थनगर जिल्लाका डिएम दिपक मीणा, एसपी यशवीर सिँह,एसएसवी कमाण्डेन्ट अमित सिँह लगायतको सहभागितामा वैठक बसेको हो ।
वैठकमा भारतीय सिमावर्ती प्रहरी इकाइका प्रमुखहरु बीचमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, अबैध हातहतियारको ओसार पसार नियन्त्रण, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपालीहरुलाई बिशालु औषधी खुवाई लट्ठ्याएर पैसा लुट्ने प्रवृति, नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रण लगायतका विषयमा अनौपचारिक छलफल भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।
साथै बैठकमा बडादशैँ(दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ती विसर्जनको क्रममा हुनसक्ने सम्भावित हिंसा र घटना हुन नदिने गरी दुवैपक्षत्रीच छलफल भएको छ । तयसैको लागि दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी असोज २९ र ३० गतेका दिन २४ घण्टासम्म सिमामा कडाई गरिने प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सीमा क्षेत्रमा मदिरा बिक्री वितरणमा रोक लगाइने छ । मानिसको आवतजावतमा पनि थप कडाई गरिने छ । मदिरा सेवनकै कारण मुर्ति विसर्जन गर्ने क्रममा कृष्णनगरमा प्रत्येक बर्ष जसो हिँसा भड्किने गरेको छ । अहिले त्यस्तो घटना हुन नदिन यस्तो सहमति गरिएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया