काठमाडौं ।
यस वर्ष विजया दशमीको शुभ साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंसहित २७ स्थानका लागि टीकाको उत्तम समय सार्वजनिक गरेको छ । पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर २ मिनेट उपयुक्त रहेको बताएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ९ बजेर ५५ मिनेटमा, टेक्सासमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा टीका लगाउने साइत छ ।
क्यानडाको टोरन्टोमा बिहान ८ बजेर ३५ मिनेटमा तथा अष्ट्रेलियाको सिड्नीमा १० बजेर २५ मिनेटमा उपयुक्त साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।
असोज १४ गते बजेको अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको बैठकले नेपाल सहित नेपालीहरुको बसोबास रहेको अन्य देशको साइत तय गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले जानकारी दिए ।
प्रतिक्रिया