९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा शुभकामना आदान-प्रदान



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु उद्योग बाणिज्य संघले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा संघको भवन बाणगंगामा कार्यक्रम सम्पन्न भएको हो ।

संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता र उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोरोनाको कारण उद्योग ब्यवसायमा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रमुख अतिथि कृष्ण पौडेलले अझै पनि उद्योग ब्यवसाय उठ्न सक्ने स्थितिमा नरहेको बताउनु भयो । कोरोनाको संक्रमण कम भएर जनजीवन सहज भए पनि करोडौँ लगानी भएका ब्यवसायीको अवस्था उस्तै भएको उहाँको भनाई छ ।

बैङ्कहरुले ब्याजदरमा कत्ति पनि छुट नदिने लगायतका समस्यामा ब्यवसायी रहेको बताउँदै उहाँले ब्यवसायीको पक्षमा सरकारले पनि खासै काम गर्न नसकेको बताउनु भयो । ब्यवसायीको पिर मर्का सुन्ने र सुनाउने शिलशिलास्वरुप शुभकामना कार्यक्रम गरेको भन्दै उहाँले संघलाई धन्यबाद दिनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारुले उद्योगी ब्यवसायीको पीर मर्का थाहा हुँदा हुँदै पनि केही गर्न नसकिएको बताउनु भयो । नगरपालिकाले उद्योग मैत्री निति नियम अवलम्बन गरेको भन्दै ब्यवसायीको पक्षमा आगामी दिनमा ठोस योजना ल्याउने र सकेसम्म आफ्नै कार्यकालमा औद्योगिक करिडोर बनाउने उहाँको वचनवद्धता छ । विषम स्थितिमा पनि शुभकामना कार्यक्रम गरेको प्रति उहाँले संघलाई धन्यबाद दिनुभयो ।

संघका महासचिव मनोज पौडेलको संचालन तथा वरिष्ठ उपाध्यक्ष छवि रेश्मीको स्वागतमा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरु विष्णु पौडेल, गुणनिधि भुसाल, गणेश बहादुर क्षेत्री, बालकुमारी पन्त अधिकारी, संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, पूर्व अध्यक्षहरु विष्णु न्यौपाने, हुमानाथ पौडेल, निवर्तमान वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, दिलबहादुर खाती ब्यवसायी दुर्गा केसी, नवदत्त घिमिरे, शक्ति सिंह ठकुरी लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७८ मंगलबार ००:००  ६ : २३ बजे