काठमाडौं ।
कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।यो हारसंगै यसपाली आइपिएल जित्ने बैङलोरको सपना कामेलकाताले समाप्त गरिदिएको छ ।
अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे ।यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिस रानाले २३ रन बनाए ।
दिनेश कार्तिकले १० रन जोड्दा राहुल त्रिपाठी ६ रनमा आउट भए ।कप्तान इयान मोर्गनले अविजित ५ रन जोड्दा शकिब अल हसनले अविजित ९ रन बनाए ।बैंगलोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २र२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।
साहबाज अहमेदले १३ रन जोडे भने एबी डी भिलियर्स ११ रनमा आउट भए ।कोलकाताका सुनिल नारिनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।
प्रतिक्रिया