९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

प्रेस चौतारी कपिलवस्तुको जिल्ला भेला, ३ पत्रकार पुरस्कृत




मायादेवी अनलाइन, चारनम्बर ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेशका सह-ईन्चार्ज गिरधारिलाल न्यौपानेले ओली सरकारले गरेजस्ता लेकप्रिय काम कुनै सरकारले गर्न नसक्ने बताउनुभएको छ । पछिल्लो ३ बर्षसम्मको नतिजा हेर्नै हो भने तिनै महत्वपूर्ण योजना र भएका कामले एमालेले आगमी चुनावमा बिजयी हासिल गर्ने उहाको भनाई छ । सोमबार प्रेस चौतारी कपिलवस्तुले आयोजना गरेको जिल्ला भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता न्यौपानेले यस्तो बताउनुभएको हो । अहिलेको सरकारले जनताले देखेका सपनालाई असफल बनाउने रणनितिमा लागेको उहाको भनाई छ ।

यस्तै कार्यक्रममा बोल्दै एमालेका जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले कपिलवस्तु जिल्ला एमालेमय हुदै गएको बताउदै कुनै पार्टीले हराउन नसक्ने गरि एकजुट भई अघि बढने अभियानमा लागेको बताउनुभयो । उहाले प्रेस चौतारीमा आवाद्ध पत्रकारहरुले गाउँठाँउका समस्या समाधान हुनेगरि सबै बर्गको पक्षमा कलम चलाउन सुझाब दिनुभयो ।

यसैगरि कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले पार्टीका गतिबिधिलाई ओजनदार ढंगबाट सम्प्रेषण गर्दै जनतासामु पु¥याउन आग्रह गर्नुभयो । उहाले लुम्बिनी प्रदेशले अहिले ल्याएको बजेट दुरुपयोग गर्ने सम्भावना देखाईरहेको उहाको भनाई छ ।

यस्तै कार्यक्रममा बोल्दै प्रेस चौतारीका पूर्ब अध्यक्ष टेकराज पौडेल ,प्रेस चौतारीका कपिलवस्तु ईन्चार्ज पार्वती पाण्डे लगाएतले बोल्दै अनुशासित र ईमान्दार ढंगले पत्रकारिता पेशा गर्न सुझाब दिनुभयो ।

कार्यक्रमका अवसरमा प्रेससेन्टर शुद्धोधन गाउँपालिकाका अध्यक्ष प्रभुनाथ गुप्ता प्रेस चौतारीमा प्रवेश गर्नुभएको थियो । यस्तै कार्यक्रमकै अवसरमा कृयासिल पत्रकार र नन्दराम पौडेल स्मृति पुरस्कारबाट प्रेस चौतारीका सचिव बाबुराम रायमाझी , रेडियो भ्वाइसकि समाचार प्रमुख सीता बेल्बासे, नन्दराम पौडेल मरोणापरान्त उहाका दाजु टेकराज पौडेल नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरिएको थियो । प्रेस चौतारी कपिलवस्तुका जिल्ला अध्यक्ष हरि अधिकारीको अध्यक्षता , पत्रकार थानेश्वर अधिकारीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा बुद्ध आवाजका टेलिभिजनका स्टेशन म्यानेजर भेषराज पाण्डे ,बुद्ध दर्पण दैनिक पत्रिकाका ब्यवस्थापक लक्ष्मण बेल्बासे लगाएतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७८ सोमबार ००:००  ६ : १९ बजे