बुटवल ।
बुटवलको मोतीपुरमा झडपमा परी मृत्यु भएका चारमध्ये तीन जनाको पहिचान खुलेको छ। सोमबार सनाखत भएकामध्ये रुपन्देहीको शुद्धोधन ५ का विरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाटका बस्ने यूजन कुमाल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक मध्ये एक जनाको भने अझै परिचय खुल्न सकेको छैन्। आइतबार मृत्यु भएका चार जनामध्ये कपिलवस्तु बाणगंगा १० का ४८ वर्षिय रमेश परियारको पहिचान आइतबार नै भएको थियो।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरि बसेकाहरु र सुरक्षाकर्मी विच भएको झडपमा परी प्रहरी र अतिक्रमणकारी गरी ६० जना बढी घाईते छन्। घाईतेहरुको भैरहवा स्थाीत मेडिकल कलेज र लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ भने ६ जनाको स्थीत गम्भिर भएका कारण हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ।
तनावपूर्ण बनेको मोतिपुर क्षेत्रको स्थिती नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आईतवार देखि बुटवल उपमहानगरपालिकाको उक्त क्षेत्रमा लगाएको कफर््यु अहिले पनि जारी छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार औद्योगिक क्षेत्रको जग्गामा विभिन्न जिल्लाबाट आएकाहरुले कब्जा गरेर बस्न थालेपछि उनिहरुलाई त्यहांबाट बाहिर निकालेर अहिले सुरक्षा निकायले आफ्नो नियन्त्रणमा लिएको छ।
कपिलवस्तु र नवलपरासीबाट समेत दंगा प्रहरी मोतिपुर क्षेत्रमा तैनाथ गरिए सार्वजनिक जग्गा कब्जा गरेर बसेकाहरु सोमबार घटनास्थल वरपर देखिएका छैनन्।
प्रतिक्रिया