९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा, आज बैङलोर र कोलकाता भीँड्ने



काठमाडौं ।

चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो ।

दिल्लीले भने अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ ।एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

रोमान्चक बनेको खेलमा दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै रोबिन उथप्पाले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन जोड्दा मोइन अलीले १६ रन बनाए ।दिल्लीका टम करणले ३ विकेट लिए । एन्रिच नोर्किया र अभेस खानले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ऋषव पन्तले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले।

शिम्रन हिटमायरले ३७ रन जोड्दा अक्षर पटेलले १० रन जोडे । शिखर धवन ७ रनमा आउट भए ।चेन्नईका जोस हाजलउडले २ विकेट लिए । रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले १र१ विकेट लिए ।

प्रकाशित मिति : २५ आश्विन २०७८ सोमबार ००:००  ६ : १२ बजे