९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मोतिपुर औद्योगिक क्षेत्र अतिक्रमण हुँदा सरकार मुकदर्शक बन्योः पौडेल



बुटवल ।
पूर्व उपप्रधानमन्त्री तथा एमाले उपमहासचिव विष्णु प्रसाद पौडेलले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेर बसेको उल्लेख गरे । औद्योगिक करिडोर निर्माणको काम अघि बढ्नु पर्नेमा जोड दिँदै उनले अतिक्रण रोक्न सरकारसँग आग्रह गरे ।

रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधराणसभा तथा २२ औं अधिवेशनका अवसरमा बोल्दै उनले उद्योग कलकारखाना विकास गरी आर्थिक समृद्धि हासिल गर्न मोतिपुर औद्योगिक करिडोरको कामलाई अघि बढाउन जोड दिए । निजी क्षेत्रको मनोबल नटुटाउन सरकारसँग आग्रह गरे । आफू अर्थमन्त्री हुँदा ल्याइएको बजेटले निजी क्षेत्रलाई सम्बोधन गरेको उल्लेख गर्दै उनले त्यस समयमा ल्याइएको नीतिलाई वर्तमान सरकारले मौन बसेको आरोप लगाए । वर्तमान सरकारले आफूले ल्याएको नीतिलाई बिरोध गर्न पनि नसक्ने र कार्यान्वयन गर्ने तत्परता पनि देखाउन नसकेको उल्ले गरे ।

फरक प्रसङ्गमा प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले बुटवलको ज्योतिनगर पहिरोलाई दिर्घकालिन समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, सिद्धबाबा सुरुङमार्ग तथा झुम्साखोला खानेपानी आयोजना लगाएतका विकास निर्माणका कामलाई तिब्रताका साथ अघि बढाउन उनले जोड दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८ शनिबार ००:००  ७ : ४९ बजे