मायादेवी अनलाइन, वाणगंगा ।
लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले कपिलवस्तु राष्ट्रको गहना भएको बताएका छन् । कपिल आरोग्य मन्दिर कपिलधामको १० औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद पन्थीले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पन्थीले विविध धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थललले कपिलधाम प्रदेशकै गन्तब्य बन्ने बताउदै यसलाई अझ अगाडि बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि संविधान सभा सदस्य बलराम अधिकारीले पछिल्लो समय कपिलधाम शारिरिक तथा मानसिक रुपमा सबैको ध्यान केन्द्र बन्न पुगेको बताउदै यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कपिलधामका सल्लाहकार आत्मराम आचार्य, शिक्षाविद मोहन ज्ञवाली, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले मन्तब्य राख्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका महासचिव ध्रुव बेल्बासेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजु अर्यालले आर्थिक बर्ष २०७७/७८ को ५५ लाख ८६ हजार बराबरको आयव्यय पेश गरेका थिए ।
साथै लेखा सदस्य खगेश्वर न्यौपानेले लेखा प्रतिवेदन पेश गरेका थिए । साथै संस्थाका अध्यक्ष शंकर प्रसाद आचार्यले भावि रणनिति प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया