विराटनगर ।
नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता भएको बताएका छन् ।
मन्त्री भएको भोलिपल्ट गृह जिल्ला मोरङमा आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता साझेदार भएकोले नेकपा (एस) लाई मुख्यमन्त्री दिनु बाध्यता भएको बताए ।
एउटा मन्त्रीसँग दुई वटा मुख्यमन्त्री किन साट्नु भएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री रिजालले मन्त्रीसँग नसाटेर शक्ति सन्तुलन मिलाएको तर्क गरे । नेपाली काँग्रेस प्रदेश १ का सांसदहरू मुख्यमन्त्री नेकपा ९एस० लाई दिएको भन्दै रुष्ट बनिरहेका बेला उनको यस्तो धारणा आएको हो ।
हिजो बसेको प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालेसमेत प्रदेश सरकारको बचाउ गरेका थिए । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ गरेपछि गठबन्धन दलका नेतासमेत अलमलमा परेका छन् । -न्युज कारखाना
प्रतिक्रिया