९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु



नवलपरासी ।
नवलपरासी (पश्चिम) मा शनिवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका–१७ देवगाउँ बस्ने ३० वर्षीय मोहन गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो ।

लु ४ त २४९७ नम्बरको धान काट्ने मेशिन सोही ठाउँस्थित सडक किनाराको बिजुलीको तारमा छुँदा करेन्ट लागेर घाइते भएका मेशिनका हेल्पर मोहनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मेसिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८ शनिबार ००:००  ७ : १२ बजे