९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गैरसांसद मन्त्री बनाउनु प्रतिगमन होइन : मन्त्री पौडेल



काठमाडौं ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गैरसांसदलाई मन्त्री बनाउनु प्रधानमन्त्रीको अधिकारको कुरा भएको बताएका छन्।

मन्त्रीको सपथपछि शनिबार माओवादी केन्द्रको कार्यालय पेरिस डाँडा पुगेको मन्त्री पौडेलले भने, ‘विरोधको निम्ती विरोध नगरौँ, संविधानअनुसार अधिकार प्रधानमन्त्री हुन्छ। अन्य विषयमा प्रचार गर्नुपर्ने छैन। कसैसँग जोडेर प्रचार गर्नुपर्ने अवस्था छैन।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्रगमनको बाटो लिएको दाबी गरे। ‘क्याबिनेट विस्तार प्रतिगमन सच्चाएर बनेको सरकार हो। गठबन्धनमा समस्याहरु भएमा हल गरेर अगाडि बढ्ने पक्षमा छौँ,’ मन्त्री पौडेलले भने‚ ‘प्रतिगमन सच्चाएर अग्रगामी परिर्वतनको पक्षमा सामूहिक प्रयत्न गर्न गठन भएको सरकार हो। समय छोटो छ, तर, यही समयमा सकेसम्म देश र जनताको पक्षमा काम गछौँ।’

उनले व्यक्तिगत हित भन्दा देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता समेत जाहेर गरे। आफ्नो पार्टीले समावेशीतालाई पूर्ण रुपमा कार्यान्वयन गरेर मन्त्री परिषद्‌मा ५० प्रतिशत महिला पठाएको समेत मन्त्री पौडेलको भनाइ छ।

प्रकाशित मिति : २३ आश्विन २०७८ शनिबार ००:००  १२ : ५२ बजे