मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुको अध्यक्षमा हुमनाथ पौडेल सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न तेस्रो अधिवेशनमा पौडेलको अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्यसमिति चयन भएका हुन् ।
जसको बरिष्ठ उपाध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’, उद्योग उपाध्यक्षमा यम बहादुर केसी, बाणिज्य उपाध्यक्षमा थकाली मिया, एसोसिएट उपाध्यक्षमा रामरक्षा जैसवाल, महासचिवमा नेत्र पाण्डे, सचिवमा हेमनाथ पौडेल, कोषाध्यक्षमा सालिकराम आचार्य रहनुभएको छ ।
यस्तै महिला सदस्यमा रेवता पौडेल, गंगा केसी, सदस्यहरुमा बिष्णु प्रसाद पाण्डे , बासुदेव खनाल, कमला प्रसाद यादब, प्रल्हाद यादव, राजेश गुप्ता, भुपेन्द्र अधिकारी, सिद्ध प्रसाद अधिकारी, कमल अधिकारी, शंकर क्षत्री, सुक्मादिन मियाँ, नन्द किशोर चौधरी, बेलाल अहमद सर्वसम्मत चयन हुनुभएको संगठनले जनाएको छ ।
अधिवेशनको नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया