९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

श्रृङ्गीघाट बनका पदाधिकारीले खाए सपथ, यस्तो भन्छन् अध्यक्ष ठकुरी



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगास्थित श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । निर्वाचन मण्डलले शुक्रबार विहान श्रीपेच होटलमा गरेको कार्यक्रममा अध्यक्ष गणेश बहादुर शाही (सुशील), उपाध्यक्ष बुद्ध बहादुर शाही, सचिव शुष्मा खाँण, कोषाध्यक्ष हरि प्रसाद पौडेल, सह-सचिव तिल कुमारी हमाल, अन्य सदस्य, लेखा समिति सदस्यलाई निर्वाचन मण्डल संयोजक कमल आचार्यले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । यस्तै कार्यक्रममा निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र पनि हस्तान्तरण गरिएको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष सुशील सिंह ठकुरीले वनको नियम र ऐनमा रहेर काम गर्ने बताउनु भयो । अघिल्लो समितिले गरेका राम्रा कामलाई निरन्तरता दिने र उपभोक्ताको हितमा हुन नसकेका अन्य कामलाई अगाडी बढाउने उहाँको भनाई छ । उहाँले सामुदायिक बनको संरक्षण र उपभोक्ताको हित हुने गरी काम गर्ने प्रतिद्धता दोहोर्याउनु भयो ।

यसैबीच कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ समितिलाई श्रृङ्गीघाट वनमा काम गर्ने अवसरसंगै चुनौति रहेको बताएका छन् । प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले सामुदायिक बनको नियम र केही नविन ढंगबाट काम गर्न नयाँ समितिलाई जरुरी रहेको बताउनु भयो ।

यसअघिको कार्यसमितिले केही जनमुखी काम गर्न नसकेको हुँदा ठकरी नेतृत्वलाई त्यो गर्न चुनौति रहेको बताउनु भयो । उपभोक्ताको हक र हितमा काम गर्न उहाँको विशेष आग्रह छ ।

कार्यक्रममा विशिष्ट अतिथिद्धय वडा नम्बर १ की वडाध्यक्ष बालकुमारी पन्त, वडा नम्बर ५ का वडाध्यक्ष भीष्मराज भुसाल, नेपाली काँग्रेश बाणगंगा नगर सभापति विष्णु थापा, नेकपा (एकिकृत समाजवादी) पार्टीका बाणगंगा इन्चार्ज कमल भट्टराई, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्दै उपभोक्ताको हित हुने गरी सपथ अनुसार काम गर्न नयाँ समितिलाई आग्रह गर्नुभयो ।

निर्बाचन मण्डल संयोजक कमल आचार्यको अध्यक्षता, सदस्य रामजी सेनको संचालन तथा सदस्य चेतना अधिकारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिवर्तमान समितिका पदाधिकारी र सल्लाहाकार, बुद्धिजीवि, समाजसेवी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७८ शुक्रबार ००:००  ७ : ०३ बजे