९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एकीकृत समाजवादी र नेकपा एकीकृतबीच भयो पार्टी एकता



काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत बीच एकता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच ८ बुँदे सहमतिअनुसार पार्टी एकता भएको हो। दुई पार्टीबीच असोज ६ गते पार्टी एकताको सहमति भएको थियो।
एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) पार्टी हुने र चुनाव चिह्न कलम हुने समझदारी बनेको छ।
राईले नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी दर्ता गरेका थिए। उनी नेता नेपालनिकट विद्यार्थी नेता हुन्।

प्रकाशित मिति : २२ आश्विन २०७८ शुक्रबार ००:००  ४ : २८ बजे