९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, को–को मन्त्री बने ?



काठमाण्डौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेर शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाउनुभएको छ । देउवाले आफ्नो पार्टी कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री नियुक्त गरेर कार्यविभाजन पनि गर्नुभएको छ ।

को–को मन्त्री बने ?

प्रकाशित मिति : २२ आश्विन २०७८ शुक्रबार ००:००  ४ : ०७ बजे