९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

माधव नेपाल : ओली सुध्रिने नदेखेपछि जोशीले एमाले छाड्नु भयो



काठमाडौं ।
नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई प्राइभेट कम्पनीमा परिणत गरेको आरोप लगाएका छन्।

एमाले नेता भानुभक्त जोशीलाई बिहीबार आफ्नो पार्टीमा स्वागत गर्दै उनले भने, ‘हामी नयाँ बाटोमा अगाडि बढिसकेका छौं, हामीलाई नयाँ यात्रामा केपी ओलीको मात्रै अवरोध छ। भ्रम छर्नेछन्, उनीहरूका भ्रम तोड्नुपर्छ।’

नेकपा एमाले सबै हिसाबले पतनको बाटोमा गइसकेको आरोप लगाए। ओलीसँग रहेर अन्तिम समयसम्म प्रयास गर्दा समेत ओली सुध्रिने नदेखेपछि भानुभक्त जोशीले एमाले छाडेको उनले बताए।

‘केपी ओली कम्युनिष्ट आन्दोलनबाट च्युत भइसकेका छन्। हामी ओलीलाई सुधार्न सकिँदैन भन्ने निष्कर्षमा पहिल्यै पुगिसकेका थियौँ। ओलीसँग अन्त संघर्षको सामना गर्ने आँट छैन’‚ उनले भने, ‘ओलीले पार्टी नै आफ्नो कब्जामा राख्ने प्रयास गरे। एमाले एउटा व्यक्तिको प्राइभेट कम्पनीमा परिणत भइसक्यो।’

एमालेमा सामूहिकता र छलफल नामको कुनै कुरै नभएको उनको भनाइ छ।

प्रकाशित मिति : २१ आश्विन २०७८ बिहिबार ००:००  २ : ३३ बजे