मायादेवी अनलाइन, जितपुर ।
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा ४, कपिलवस्तुले २३ औं वार्षिक साधारण सभा मनाउने भएको छ । साधारण सभाको तयारीका लागि बुधबार छलफल सम्पन्न भएको छ ।
छलफल कार्यक्रममा गतवर्षको वित्तीय र कार्यक्रम प्रगतिका बारेमा छलफल भएको थियो । जसमा वित्तिय प्रगती ९३ प्रतिशत र कार्यक्रम गत प्रगति ७५ प्रतिशत रहेको थियो ।
सोही समारोहमा आगामी कार्यक्रमको लागि कार्यनीति र वजेटका विषयमा समेत छलफल भएको छ । यस्तै आगामी वर्षको कार्यक्रममा सदस्यहरुलाई स्वावलम्वी भावनाको विकास गर्न पारस्परिकताको पन विकास गर्दैै सम्मानित जीवनयापन गर्न सक्ने बनाउदै लैजाने तथा समुन्नत जीवन सुखि परिवार बनाउनका लागि त्यसै अनुसारका कार्यक्रमहरु तय गरी कार्यान्वयनमा जोड दिनु पर्ने छलफलको निष्कर्ष रहेको छ ।
कार्यक्रमको प्रस्तुती संस्थाका व्यवस्थापक हरिलाल शर्माले गर्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव देवकला सुवेदी कमालले गर्नुभएको हो भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष इन्दिरा भट्टराई गर्नु भएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष सूर्य कुमारी शाहीको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया